Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्वगृहमन्त्री लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने 

पूर्वगृहमन्त्री लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने 

जोईन खबर

९, माघ २०८१
  • 619
    SHARES
  • पूर्वगृहमन्त्री लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने 

    ९ माघ काठमडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी आज अदालत उपस्थित हुन लागेका हुन् । लामिछाने मंगलबार नै काठमाडौंबाट रुपन्देही पुगिसकेका छन् ।

    images

    मंगलबार अपराह्न उनी काठमाडौं विमानस्थलबाट केही वकिल र नेता कार्यकर्तासहित भैरहवा अवतरण भएका थिए ।लामिछाने यसअघि कास्की पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

    images
    images
    images

    लगत्तै उनीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए ।

    उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।कास्की प्रहरीमा अनुसन्धान भइरहेकै बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसैका कारण अाफेरी अर्काे सहकारीकाे रकम बारे बयान दिन  रुपन्देही पुगेका हुन् ।

    प्रकाशित मिति :माघ ९, २०८१ बुधवार - १०:४१:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको