Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुई पालिका जोडने  मोटरेबल पुल निर्माण कार्य सुरु

दुई पालिका जोडने  मोटरेबल पुल निर्माण कार्य सुरु

जोईन खबर

९, माघ २०८१
  • 760
    SHARES
  • दुई पालिका जोडने  मोटरेबल पुल निर्माण कार्य सुरु

    ९ माघ काठमाडौँ । गोरखामा दुई पालिका जोडने मोटरेबल पुल बनाउने कार्य सुरु गरिएको छ ।  गोरखाको भिमसेनथापा गाउँपालिका वडा न १ मसेल खोला र बारपाक सुलिकोट गाउँपालिका वडा न ८ जराङ जोड्ने जराङ खोलामा मोटरेबल पुल निमार्ण कार्य सुरु गरिएको हो ।

    images

    उक्त पुलको उद्वघाटना भिमसेनथापा गाउँपालिका वडा न १ का वडाध्यक्ष विकास बाबु श्रेष्ठले पुलको शिलन्यास गरेका छन् । प्रदेश सरकारको बजेटमा गोरखा पूर्वाधार विकास कार्यालयले  २ करोड ५९ लाख ३ हजार ६ रुपैयाँ  ठेक्का सम्झौता गरि पुल निर्माण गर्ने सुरु गरिएको हो । त्यस स्थानमा बन्ना लागेको पुल एच एम सेट स्क्यार जेभी कम्पनिले लिएको छ ।

    images
    images
    images

    उक्त  मोटरेबल पुल २० मिटर लम्बाई र ८.४० मिटर चौडाइ लामो सिङ्गल स्पाम आरसिसि प्रबिधि अनुसार निमार्ण हुन् लागेको छ । यस पुलको बजेट विनियोज गरे  पछि गोरखा पूर्वाधार विकास कार्यालयले  निकालेको सूचना अनुसार एच एम सेट स्क्यार जेभीसँग २ करोड ५९ लाख ३ हजार ६ रुपैयाँमा ठेक्का आफनो जिम्मा लिएको हो ।

    यस कम्पनिले २०८० साल चैत २७ गते ठेक्का सम्झौता गरेको हो । पुल निर्माणसँगै गोरखा लगायत विभिन्न स्थानबाट आउने सवारी साधनहरु १२ महिना सञ्चालन हुने पनि स्थानियहरुको भनाइ छ ।  भिमसेनथापा गाउँपालिका – १ र बारपाक सुलीकोट गाउँपालिका – ८ नम्बर वडाका स्थानीय बासिन्दालाई मसेल – ताल खोला – जराङबेशी – बारपाक सुलिकोटको ताकुकोट सवारी साधन आवतजावतमा सहज हुने छ । अहिले जराङ खोलामा निमार्ण हुन लागेको  मोटरेबल पुलको  समय अवधि २३ महिना भित्रमा सम्पन्न गर्नु पर्ने सम्झौता उल्लेख गरिएको छ । 

    प्रकाशित मिति :माघ ९, २०८१ बुधवार - १५:५७:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको