१० माघ काठमाडौँ । भीमदत्त नगरपालिका वडा न ६ ऐठपुरबाट अवैध हतियारसहित चार जना भारतीय पक्राउ परेका छन् ।
महेन्द्रनगर बजार नजिकै बुधबार राति भारतीय नम्बरको युके ०६ एआर ०८४६ गाडीमा पेस्तोल बोकेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारत उत्तराखण्डको उद्यमसिंहनगर खटिमाका उद्यमसिंहनगर खटिमाका ३४ वर्षीय जीवन सिंह जिमेवाल, ३१ वर्षीय कोमल विष्ट, ३४ वर्षीय उमेद सिंह अधिकारी र २८ वर्षीय सञ्जय जेठी रहेका छन् ।
बुधबार सांझ महेन्द्रनगर आएका उनीहरुलाई एउटा गाडीमा फर्किदाखेरी पक्राउ गरिएको प्रहरीले बताए ।पक्राउ परेकाहरुका विषयमा थप अनुसन्धान भइरहेको छ ।