Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महाराष्ट्रको जलगाउँमा रेल दुर्घटना हुँदा १२ जनाको मृत्यु ,४ जनाको अवस्था गम्भीर

महाराष्ट्रको जलगाउँमा रेल दुर्घटना हुँदा १२ जनाको मृत्यु ,४ जनाको अवस्था गम्भीर

जोईन खबर

१०, माघ २०८१
  • 634
    SHARES
  • महाराष्ट्रको जलगाउँमा रेल दुर्घटना हुँदा १२ जनाको मृत्यु ,४ जनाको अवस्था गम्भीर

    १० माघ काठमाडौँ । भारतको महाराष्ट्रको जलगाउँमा हिजो बेलुका रेल दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु र १० जना घाइते भएका छन् । १० जना घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ ।दुर्घटनामा नौ पुरुष र तीन महिलाको मृत्यु भएको जलगाउँका जिल्ला कलेक्टर आयुष प्रसादले द इन्डियन एक्सप्रेसलाई बताएका छन् ।

    images

    ज्यान गुमाउनेमध्ये ‘तीन नेपाली’ नागरिक हुन् । हालसम्म नेपाली नागरिकसहित सातजनाको शव पहिचान भइसकेको दैनिक भास्करले जनाएको छ ।दुर्घटनामा नेपालका ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ साल वर्षीया कमला भण्डारीको मृत्यु भएको जनाइएको छ । कमला भण्डारीको घर कैलालीको मोहन्याल गाउँपालिका–६ हो ।

    images
    images
    images

    लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेस रेलको एउटा डिब्बामा आगो लागेको हल्ला फैलिएको थियो । केही यात्रुहरु हतारहतार रेलबाट हाम फालेका थिए ।त्यसै बेला विपरीत दिशाबाट आउँदै गरेको कर्नाटक एक्सप्रेसले उनीहरूलाई किचेको हो । थप विवरणको अनुसन्धान भई रहेको छ । 

    प्रकाशित मिति :माघ १०, २०८१ बिहिवार - १०:४२:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको