१० माघ काठमाडौँ । मन्थली अस्पतालको नवनिर्मित भवन मन्थली नगरपालिकालाई हस्तान्तरण गरिएको छ । १० करोड १३ लाखको लागतमा निर्मित दुईतले नगर अस्पतालको भवन भारत सरकारको आर्थिक सहयोगमा बनेको हो ।
यस भवन सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीका प्रमुख सुमन सालिकेले बुधबार मन्थली नगर प्रमुख लव श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।
मन्थली नगरका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशव धामी र निर्माण व्यवसायी सजन श्रेष्ठको रोहवरमा हस्तान्तरण गर्नुभएको हो ।
मन्थली अस्पताललाई प्रदेश अस्पतालका रूपमा विस्तार गर्ने योजना समेत रहेको छ ।