Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा नवौं गोर्खाली रनिङ कप फुटबल आयोजना फागुन पहिलो हप्ता देखि सुरु हुदै

गोरखामा नवौं गोर्खाली रनिङ कप फुटबल आयोजना फागुन पहिलो हप्ता देखि सुरु हुदै

जोईन खबर

१०, माघ २०८१
  • 697
    SHARES
  • गोरखामा नवौं गोर्खाली रनिङ कप फुटबल आयोजना फागुन पहिलो हप्ता देखि सुरु हुदै

    १० माघ काठमाडौँ । गोरखा जिल्लामा नवौँ गोर्खाली रनिङ कप फुटबल प्रतियोगिता  फागुनको पहिलो हप्ता देखि हुने भएको छ । हरेक बर्ष जस्तै यो बर्ष पनि हरमटारी क्लवको आयोजनामा  नवौं गोर्खाली रनिङ कप हुन् लागेको हो । यस क्लबको गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद बिकास गराउने हरमटारी क्लवको अभियान’ भन्ने मुल नाराका साथ यही फागुन ७ देखि १४ गतेसम्म प्रतियोगिता गरिना लागेको क्लबले जनाएको छ ।

    images

    फागुनमा हुन लागेको प्रतियोगिता प्रथम हुने टिमले नगद चार लाख रुपौयाँसहित कप, मेडल र प्रमाणपत्र दोस्रो हुने टिमले नगद दुई लाख रुपौयाँसहित मेडल र प्रमाणपत्र पाउने गरि क्लबले एक पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ ।

    images
    images
    images

    यसै क्रम खेलमा अनुशासित टिमलाई नगद ३५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई  नगद २५ हजार, उच्च गोलकर्तालाई  नगद १५ हजार, सर्वोत्कृष्ट गोलरक्षकलाई  नगद १५ हजार,उदायमान खेलाडीलाई नगद १० हजार नगद पुरस्कार दिएर सम्मान गर्ने तयारी रहेको क्लबले जनाएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने अनुमान क्लवको छ । टिम दर्ता शुल्क १५ हजार तोकिएको छ ।

    खेल गोरखा बजारको गोरखा नगरपालिका हरमटारीमा रहेको खेलमैदानमा सञ्चालन हुने छ । 

    प्रकाशित मिति :माघ १०, २०८१ बिहिवार - ११:३१:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको