१० माघ काठमाडौँ । काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा न ४ स्थित प्राथमिक अस्पताल थानकोटबाट धुलिखेल रूटमा महानगर यातायात प्रालिले ४० वटा यात्रु बस सेवा सुरू गरेको छ।
चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले बिहीबार एक कार्यक्रमका बीच सो बस सेवा आरम्भ भएको जानकारी गराए।
हालका लागि ती बस थानकोट गोदाम- चेकपोस्ट-सतुंगल-कलंकी-बल्खु-कोटेश्वर-भक्तपुर-बनेपा हुँदै धुलिखेलसम्म पुग्नेछन्।