Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उत्तरी गोरखाको ताजुमा आगलागी हुदा ३ घर  पूर्णरुपमा जलेर नष्ट, ८ वटा गाई र ३ वटा गोरु मरे

उत्तरी गोरखाको ताजुमा आगलागी हुदा ३ घर  पूर्णरुपमा जलेर नष्ट, ८ वटा गाई र ३ वटा गोरु मरे

जोईन खबर

११, माघ २०८१
  • 685
    SHARES
  • उत्तरी गोरखाको ताजुमा आगलागी हुदा  ३ घर  पूर्णरुपमा जलेर नष्ट, ८ वटा गाई र ३ वटा गोरु मरे

    ११ माघ काठमाडौँ ।  उत्तरी गोरखामा चुमनुव्री गाउँपालिकामा बिहीवार दिउँसो आगलागी हुँदा तीनवटा घर र गाई गोरु जलेर नष्ट भएका छन् । घटना चुमनुव्री गाउँपालिका–६ ताजुमा कुन्साङ लामाको घरमा खाना बनाउन बालेको आगो नजिकै रहेको बलोमा सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरीले बताएको हो ।

    images

    उक्त आगलागीबाट दुई वटा कच्ची घर र जस्ताले छाएको घर गरि तीन घर पूर्णरुपमा नष्ट भएको थियो । यस घर भित्र रहेका विभिन्न  सरसामान, लत्ताकपडा र भाडाकुडा अन्नपात समेत जलेको थियो ।आगो लागेको घरको भुइतल्लामा बाधिएको ८ वटा गाई र ३ वटा गोरु गरि  ११ वटा जनावरहरु पनि जलेका थिए, भने अरु ५ वटाको प्रहरीले उद्वार गरेका थिए ।

    images
    images
    images

    आगोलागी भएको खबर प्रप्ता भए पछि स्थानिय र चुम्चेत प्रहरी चौकीका प्रहरी घटनास्थलमा  पुगी आगो नियन्त्रणका लिएको  घटनामा खटिएका एक प्रहरीले जनाए । आगलागीबाट मानवीय क्षति भने नभएको छैन् । क्षतिको विवरण बारे प्रहरीले अनुसन्धान गरि रहेको छ ।   

    प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - ११:२८:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको