११ माघ काठमाडौँ । गोरखामा कुवामा डुबेर एक वृद्वाको घटनास्थलमा मृत्यु भएको छ । उक्त घटना गोरखा पालुङटार नगरपालिका वडा न –६ ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको कुवामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
करिब पाँच फिट गहिरो कुँवामा मृतावस्थामा कामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना बिहीबार भएको प्रहरीको भनाइ छ
घटनापछि मृतकको शव उद्धार गरी परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको उनले बताए । परिवारका सदस्यले मृतक मानसिक रोगी भएको जानकारी समेत दिएको बताए ।