११ माघ काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्ने भएको छ । आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बस्नेछ ।
बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल गरिने छ ।
संसद बैठक १८ माघमा बस्ने गरी बोलाइएको छ ।