११ माघ काठमाडौँ । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी ओमानमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका-२ घर भई हाल काठमाडौं टोखा नगरपालिका-३ बस्ने बिनौद पौडेललाई पक्राउ गरी काठमाडौं फिर्ता ल्याइएको हो।
एनसिबि अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको थियो।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस १२ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो।
मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।