Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पन्ध्रौँ संस्करणको चितवन महोत्सव सम्पन्न

पन्ध्रौँ संस्करणको चितवन महोत्सव सम्पन्न

जोईन खबर

११, माघ २०८१
  • 598
    SHARES
  • पन्ध्रौँ संस्करणको चितवन महोत्सव सम्पन्न

    ११ माघ काठमाडौँ । पन्ध्रौँ संस्करणको चितवन महोत्सव सम्पन्न भएको छ । चितवन उद्योग वाणिज्य सङ्घको आयोजनामा नारायणी नदी किनारमा आयोजित महोत्सव पाँच लाख मानिसले अवलोकन गरेका थिए । महोत्सवमा रु ३० करोड बराबरको कारोबार भएको थियो ।

    images

    महोत्सवमा रोजगार मेला, ‘हार्डवयर्स एक्स्पो’, मह परिसर, अटो परिसर, रेष्टुराँ परिसर, फनपार्क, चाइना एक्स्पो, लघु, घरेलु परिसर, कृषि परिसरलगायत चार सय ३० स्टल थिए ।महोत्सव उद्योग व्यवसायको प्रवद्र्धन, कला, साहित्य र संस्कृतिको संरक्षण, आदिवासी जनजातिको परम्परा, रीतिरिवाज र वेशभूषाको जगेर्नाका साथै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा सूचना प्रविधि र पूर्वाधारलगायतका क्षेत्रको विकासका सम्भावनाको उजागर गर्न उपयोगी भएको हो ।

    images
    images
    images

    महोत्सवमा प्रतियोगितात्मक कृषि, हस्तकलाका उत्पादन, साना तथा लघु, घरेलु उत्पादनको प्रदर्शनी, अटोमोबिललागयत औद्योगिक प्रदर्शनी तथा कृषि , शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधिमा गोष्ठीका साथै स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो । महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाको उपस्थितिमा समापन भएको हो । 

    प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - १३:०७:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको