Logo

बिहिवार, कार्तिक १३ गते २०८३

स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरूसहित एक जना पक्राउ 

स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरूसहित एक जना पक्राउ 

जोईन खबर

११, माघ २०८१
  • 697
    SHARES
  • स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरूसहित एक जना पक्राउ 

    ११ माघ काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरूसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठ रहेका छन् ।

    images

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू रहेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त शैक्षिक योग्यताको प्रमाणपत्रहरू सम्बन्धी अनुसन्धान गर्दा ब्याचलर डिग्री इन बिजनेस स्टडिज र मास्टर डिग्री इन बिजनेस स्टडिजको ट्रान्सक्रिप्ट त्रिभुवन विश्वविद्यालयको अभिलेखमा भिडाइ हेर्दा मेल नखाएको भनि त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय परीक्षा प्रशासन महाशाखाको पत्रबाट जानकारी भए पश्चात प्रहरीले उनलाई काभ्रेपलान्चोक धुलिखेल नगरपालिका–५ बाट सोमबार पक्राउ गरेको हो ।

    images
    images
    images

    अहिले नेपालबाट विभिन्न देश तथा जापान जाना मानिसहरुले नक्काली  सर्टिफिकेट बनाइ जानेहरको भिड बढना थाले पछि प्रहरीले अनुसन्धान अलि कडा रुपले अनुसन्धान लागेको हो । पक्राउ परेका उनलाई  आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

     

     

    प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - १४:४३:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको