११ माघ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको भर्चुअलरुपमा उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओली आज तेही उद्वघाटन गर्ने जाने भनिए पनि उनको स्वास्थ्य समस्या आएका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट नै भवन उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले उर्वर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुंगधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षता उपस्थित हुन असमर्थ भएको जनाए ।
प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा पाइ र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गरे ।
उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत उपस्थित भएका थिए ।