Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जुन वर्ग र समुदायको मुद्दा लिएर जनयुद्ध गरेको त्यही वर्गको मुद्दा छाड्दा हाम्रो पार्टी कमजोर भयो : पूर्वप्रधानमन्त्री प्रचण्ड

जुन वर्ग र समुदायको मुद्दा लिएर जनयुद्ध गरेको त्यही वर्गको मुद्दा छाड्दा हाम्रो पार्टी कमजोर भयो : पूर्वप्रधानमन्त्री प्रचण्ड

जोईन खबर

११, माघ २०८१
  • 865
    SHARES
  • जुन वर्ग र समुदायको मुद्दा लिएर जनयुद्ध गरेको त्यही वर्गको मुद्दा छाड्दा हाम्रो पार्टी कमजोर भयो :  पूर्वप्रधानमन्त्री प्रचण्ड

    ११ माघ काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  हामीले जनतासँग जुन कुरालाई लिएर जनयुद्व  सुरु गरेको थियो तेही कुरामा पछि हटदा   माओवादी पार्टी धेरै कमजोर बनेको बताए ।  आज भएको दाङको तुलसीपुर-८ बटोलपुर भगवती चौधरीको घरमा आयोजित  एक कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, जुन वर्गको  मुद्दा लिएर जनयुद्ध गरेको त्यही वर्गको मुद्दा छाड्दा पार्टी धेरे कमजोर भएको महसुश भएको जनाएका छन् ।

    images

    जनयुद्धमा जसको मुद्दा लिएर अगाडि बढेका थियौँ अब त्यही वर्ग र समुदायको अगाडि बढाउने संकल्प गरेको उनले बताए । अिजो जे भनेर सुरु गरिएको थियो तेही  गर्न गारो हुदा जनतासँग हाम्रो सम्बन्ध अलि कमजोर हुन गयो । हामीले जुन वर्ग समुदायका निम्ति क्रान्ति गर्‍यौँ ।

    images
    images
    images

    ती वर्ग, समुदायका माग र मुद्दा कमजोर जस्ता भएका छन् । अब त्यसलाई सच्याउनुपर्छ । सहिद तथा बेपत्ता र घाइते योद्धाका परिवारसँग पनि भेटघाट र सम्बन्ध बढाउनुपर्छ। सबै वर्ग समुदायतिर फर्किने अभियान चलाउँदै छौँ । जनयुद्ध र जनआन्दोलनका सहिदलाई यो पटक राष्ट्रिय सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरेँ । 

    प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - १६:४३:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको