१२ माघ काठमाडौँ । रुकुमपश्चिममा विवाह गर्न भनी भागेका एक जोडी घरभित्रै मृत भेटिएका छन्। रुकुमको त्रिवेणी गाउँपालिका वडा न –४ खुम्चेरीमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर मृत भेटिएका जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरीले जनाए ।
उनीहरू ४ दिन अघि बिहे गर्ने भन्दै घरबाट भागेका खुल्न आएको छ। स्थानीयले खोजी गर्दा उनीहरू शनिवार प्रेमी ९लोकेन्द्र०कै घरमा रहेको अस्थायी टहरामा मृत भेटिएका थिए ।
लोकेन्द्र झुन्डिएको अवस्थामा र सपना भुईँमा मृत भेटिएका हुन्। लोकेन्द्रमा आमाबुवा काम विशेषले जिल्ला बाहिर गएकाले उनीहरू आएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ।घटना बारे थप जानकारीको लागि प्रहरीले अनुसन्धान गरि रहेको छ ।