१२ माघ काठमाडौँ । पाँचौं टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताका खेलहरु आज देखि सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालका आयोजनामा शनिबारबाट हुन लागेको उक्त प्रतियोगिताका खेल नयाँ फम्र्याटमा खेलाइन लागेको हो ।प्रतियोगितामा पुरुष र महिलातर्फ ६–६ टोली सहभागी छन् ।
पहिला ३ खेल नकआउटमा हुनेछ । ती तीन खेलमा जित्ने टोली एउटा समूह र हार्ने टोली अर्को समूह रहनेछन् । फाइलन खेल माघ १९ गते हुनेछ ।प्रतियोगिताको पहिलो खेल महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल एपिएफ र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डबिच हुनेछ ।
उक्त खेल बिहान १० बजेबाट सुरु हुनेछ । पहिलो दिन हुने तिन वटै खेल महिलातर्फ हुने आयोजकले जनाएको छ ।भोलि हुने दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबले प्रतिष्पर्धा हुनेछ ।
त्यसपछि साढे एक बजे प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । पहिलो दिनको तेस्रो तथा अन्तिम खेल आयोजक टोली र त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।