Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबलाई

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबलाई

जोईन खबर

१३, माघ २०८१
  • 661
    SHARES
  • प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबलाई

    १३ माघ काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले हात पारेको छ । यस प्रतियोगिता धनगढीस्थित फाप्ला मैदानमा भएको हो । हिजो हनिबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै एपीएफ  उपाधि विजेता बनेको हो ।

    images

    यस टोली प्रतियोगितामा सातौंपटक उपाधि विजेता बनेको छ। उक्त खेलमा ६८ रनको लक्ष्य पाएको  एपीएफले १२.५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो । ओपनर ममता चौधरीले नटआउट रहँदै सर्वाधिक ४४ रन जोडिन् । दोस्रो विकेटका लागि ममता र कप्तान इन्दु बर्माले ४४ रनको साझेदारी गरेका थिए । इन्दु १८ रनमा नटआउट रहिन्।

    images
    images
    images

    त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले १८.१ ओभरमा अलआउट हुँदै ६७ रन जोड्यो । टोलीका लागि मनिषा बोहाराले सर्वाधिक १८ तथा बिन्दु रावलले १७ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    एपीएफका लागि कविता जोशीले ३, शबनम राई र कप्तान इन्दुले समान २ विकेट लिए।यसैबीच प्रतियोगिताभर व्यक्तिगत १७२ रन र ५ विकेट हात पारेकी एपीएफकी इन्दु प्लेयर अफ द सिरिज भइन् । उनले ५० हजार प्राप्त गरिन्।   प्रतियोगिताको उपाधि विजेता एपीएफले नगद ५ लाख रुपैयाँ र उपविजेता सुदूरपश्चिम प्रदेशले ३ लाख पुरस्कार पाएका छन्।

    प्रकाशित मिति :माघ १३, २०८१ आइतवार - १०:२९:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको