Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कालो मसी र रातो मसीको विवादले क्रान्तिकारीको हिजो भएको निर्वाचनको  मत गणना रोकियो

कालो मसी र रातो मसीको विवादले क्रान्तिकारीको हिजो भएको निर्वाचनको  मत गणना रोकियो

जोईन खबर

१३, माघ २०८१
  • 862
    SHARES
  • कालो मसी र रातो मसीको विवादले क्रान्तिकारीको हिजो भएको  निर्वाचनको   मत गणना रोकियो

    १३ माघ काठमाडौँ । नेकपा माओवादी केन्द्रको निकट संगठन बिधार्थी अखिल क्रान्तिकारीको मत गणनामा विवाद सुरु  भएपछि रोकिएको छ । यस संगठनको २३ औँ सम्मेलन धेरै पहिला उद्वघाटन भए पनि सहमति नआए पछि निर्वाचन प्रक्रियाबाट हिजो  शनिबार विभिन्न प्रदेशमा निर्वाचन भएको हो ।

    images

    यसै निर्वाचनमा मतदान प्रक्रियामा कालो मसीले मतदान भएको भन्दै उम्मेदवारका प्रतिनिधिहरूले विरोध गरेका छन् । निर्वाचनका लागि रातो साइनपेन राखिएको थियो, तर कालोले पनि मतदान गरेको पाइएपछि मत गणनामा विवाद  पछि हिजो साझा देखि रोकिको हो । यो निर्वाचन हुुनु भन्दा अघि नै विभिन्न गुटमा उम्मेदवारीहरु मनोनायन दर्ता भएका थिए ।

    images
    images
    images

    जसमा अध्यक्षका उम्मेदवार विजय सापकोटा पक्षले कालो मसीलाई मान्यता दिनुपर्ने भने पनि उपदेश यादव पक्षले असहमति जनाएको छ ।त्यसैले गर्दा राति अबेरदेखि मतगणना नभएको हो । विशेष प्रदेश, विश्वविद्यालय प्रदेश र मधेश प्रदेशमा क्रमशः २६४, २५८ र १९५ मत खसेको छ । मधेश प्रदेशमा आधा मत मतगणना भइसक्दा यादवको पक्षमा सर्वाधिक ३० मत परेको छ। अरु प्रदेशमा पछि परेका उपदेशले मधेश प्रदेशमा भने सबैभन्दा धेरै ७० मत पाएका छन् ।

    यसैगरी अर्का प्रत्यासी विजयप्रकाश सापकोटाले ४१, हेमन्त राईले ४० र सुदिन पौडेलले १ मत पाएका छन् ।अहिलेसम्मको समग्र मतपरिणाम हेर्दा विजय र हेमन्तबीच प्रतिस्पर्धा भइरहेको छ । उपदेश तेस्रो र सुदिन पौडेल चौथो स्थानमा छन् । विजय प्रचण्ड निकट, हेमन्त जनार्दन शर्मा निकट, उपदेश नारायणकाजी श्रेष्ठ निकट र सुदिन वर्षमान पुन निकट मानिन्छन् । उनीहरुले अघोषित रुपमा प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

    प्रकाशित मिति :माघ १३, २०८१ आइतवार - १०:४३:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको