Logo

बिहिवार, कार्तिक १३ गते २०८३

केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा झडप हुदा प्रदर्शनकारी ४ जना घाइते,केही प्रहरीहरु पनि घाइते 

केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा झडप हुदा प्रदर्शनकारी ४ जना घाइते,केही प्रहरीहरु पनि घाइते 

जोईन खबर

१३, माघ २०८१
  • 523
    SHARES
  • केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा झडप हुदा प्रदर्शनकारी ४ जना घाइते,केही प्रहरीहरु पनि घाइते 

    १३ माघ काठमाडौँ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा न – ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा भएको झडप हुदा चार जना प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा चार जना प्रदर्शनकारी घाइते भएका छन् भने झडपमा परेर प्रहरी पनि घाइते भएका छन् ।

    images

    गोली लागेका तीन जनाको अवस्था गम्भीर रहेको छ ।केबलकार निर्माणको विरोधमा रहेको ‘नो केबलकार समूह’ले आज आइतबारबाट आन्दोलन गर्ने तयारी गरेको थियो । आन्दोलनलाई रोक्न भन्दै शनिबार नै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो ।

    images
    images
    images

    शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगामुडा गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको हो । प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती घाइते भएका हुन् ।  यामबहादुर, धर्मान र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो ।

    तीन जना घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवेल मेडिकल कलेज विराटनगरमा पठाइएको छ ।  नेपाल प्रहरी तर्फ १२ जना घाइते भएका छन् । शनिबार दिउँसो पनि प्रहरी र नो केबलकार पक्षबीच झडप भएको थियो ।

    पहिचान पक्षधरले केबलकार निर्माण गर्दा पाथीभरा क्षेत्रको पहिचान मासिने भन्दै ‘नो केबलकार आन्दोलन’ चलाइरहेका छन् ।उनीहरूले आइतबारबाट थप आन्दोलन गर्ने तयारी गरेको थिए । प्रहरीले आन्दोलनकारीमाथि ज्याजति गरेको भन्दै नागरिक समाज र राजनीतिक दलका नेताले विरोध गरेका छन् ।

    प्रकाशित मिति :माघ १३, २०८१ आइतवार - ११:२२:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको