Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा सहिद लखन भित्रका सामुदायिक विद्यालयमा च्याउखेती  सुरुआत 

गोरखा सहिद लखन भित्रका सामुदायिक विद्यालयमा च्याउखेती  सुरुआत 

जोईन खबर

१३, माघ २०८१
  • 526
    SHARES
  • गोरखा सहिद लखन भित्रका सामुदायिक विद्यालयमा च्याउखेती  सुरुआत 

    १३ माघ काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै विद्यार्थीमा सीप विकासका लागि च्याउखेती गर्न सुरुआत गरिएको छ । गाउँपालिका शिक्षा शाखामार्फत पालिकाभित्रका ४६ सामुदायिक विद्यालयमा च्याउखेती गर्न थालिएको गाउँपालिकाको प्रमुुख प्रशासकी अधिकृतर बाबु राम मगरले बताउनु भयो ।

    images

    विद्यालयमा उत्पादित च्याउ विद्यार्थीका लागि दिवा खाजामा प्रयोगमा ल्याउने लक्ष्य पालिकाको छ, यसबाट बालबालिकाले पोषणयुक्त दिवा खाजा खान पाउने मात्र नभएर उनीहरूको सीप विकासका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको गरिएको छ । पालिकाको आर्थिक वर्ष २०८१÷८२ का लागि स्वीकृत ‘विद्यालय च्याउखेती कार्यक्रम’मार्फत सामुदायिक विद्यालयमा च्याउखेती गर्न थालेको हो ।

    images
    images
    images

    प्रत्येक विद्यालयका एक–एक जना शिक्षकलाई च्याउखेतीका लागि तालिम दिएर पठाइएको छ । च्याउखेतीका लागि आवश्यक बीउलगायत अन्य आवश्यक सामग्री पनि विद्यालयलाई अनुदानमा उपलब्ध गराइएको हो ।यसबाट विद्यालयको आयआजर्न पनि बढ्ने छभने बालबालिकाले पोषणयुक्त दिवा खाजा खान पाउनेछन् ।च्याउखेतीलाई प्रोत्साहनका लागि सबैभन्दा धेरै उत्पादन गर्ने विद्यालयलाई पुरस्कार दिने व्यवस्था गरिएको उहाँको भनाइ छ । 

    प्रकाशित मिति :माघ १३, २०८१ आइतवार - ११:५२:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको