१३ माघ काठमाडौँ । पाँचौ टाइगर कप भलिबल च्याम्पियनसिपमा महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै टाइगर ग्रुप पोखराले जित सुरुवात गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार बिहान भएको खेलमा आयोजक टोलीले आर्मीलाई ३–० को सेटमा पराजित गरेको हो ।
राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीको कप्तानीमा रहेको आयोजक टोलीले आर्मीलाई २५–१४, २५–११, २५–२१ ले सहजै पराजित गरेको हो ।
आयोजकले यू-२० राष्ट्रिय टिमका ४ र थाइल्यान्डबाट ३ खेलाडी समावेश गरेर टिम बनाएको छ ।जितपछि आयोजक टाइगर ग्रुपको टिमसँगै एपीएफ र न्यु डायमण्डले खेल्ने छन् ।