Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भरतपुरमा १ हजार ३३८ जना ग्राहकको लाइन काटियो 

भरतपुरमा १ हजार ३३८ जना ग्राहकको लाइन काटियो 

रासस

१३, माघ २०८१
  • 628
    SHARES
  • भरतपुरमा १ हजार ३३८ जना ग्राहकको लाइन काटियो 

    १३ माघ काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले १ हजार ३३८ जना ग्राहकको लाइन काटेको छ । समयमा विद्युत् महसुल नबुझाउने उनीहरुको लाइन गत साउनयता काटिएको हो । यस अवधिमा एक हजार चार सय ५६ जनाले बक्यौता रकम तिरेका छन् ।

    images

    उनीहरुबाट रु दुई करोड ८२ लाख २१ हजार नौ सय १६ राजस्व संकलन भएको छ । प्रमुख   ई रामु  श्रेष्ठका अनुसार एक हजार छ सय ६८ जना ग्राहकबाट द्ध करोड १३ लाख ९५ हजार पाँच सय ६७ बक्यौता उठाउन बाँकी थियो । वितरण केन्द्रले पुस मसान्तसम्म दुई सय ८१ जना ग्राहकलाई कालोसूचीमा राखेको छ ।

    images
    images
    images

    उनीहरुबाट रु एक करोड पाँच लाख ४६ हजार एक सय ८८ बक्यौता उठाउन बाँकी छ। वितरण केन्द्र प्रमुख श्रेष्ठले भने, ‘नेपाल विद्युत् प्राधिकरणको प्रचलित विनियम अनुसार ६ महिनासम्म महसुल नबुझाएका ग्राहकलाई कालोसूचीमा राख्ने प्रावधान छ।भरतपुर वितरण केन्द्रमा मासिक महसुल बुझाउने ग्राहकमध्ये ६२ प्रतिशतले अहिले अनलाइनबाट महसुल बुझाउने गरेका छन् । यस केन्द्रमा हाल ७२ हजार बढी ग्राहक छन् ।

    प्रकाशित मिति :माघ १३, २०८१ आइतवार - १४:३९:२४ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको