१४ माघ काठमाडौँ । काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा न्यूनतम तापक्रम घटेसंगै चिसो बढेएको छ ।
आइतबारको तुलनामा सोमबार बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
हिजो आइतबार यो तापक्रम ७.८ डिग्री सेल्सियस थियो । आजको आधिकारिक न्यूनतम् तापक्रम भने अहिले बिहान ८ः४५ बजे पुनः मापन हुनेछ ।