Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अछामको दुई किशोरी मृत्यु प्रकरणमा  दुई युवा पक्राउ 

अछामको दुई किशोरी मृत्यु प्रकरणमा  दुई युवा पक्राउ 

जोईन खबर

१४, माघ २०८१
  • 514
    SHARES
  • अछामको दुई किशोरी मृत्यु प्रकरणमा  दुई युवा पक्राउ 

    १४ माघ काठमाडौँ । अछाम केही दिन अघि दुई किशोरी मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानको क्रम दुई युवालाई पक्राउ गरेको छ । ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनामा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images

    पक्राउ परेकाहरूको परिचय खुलाइएको छैन । दुवैजना २० वर्षभन्दा कम उमेरका युवा भएको बताइएको छ । शुक्रबार बिहान घरबाट बाख्रा चराउन गएका दुवै किशोरी त्यही दिनबाट सम्पर्कविहीन भएका थिए । खोजी गर्ने क्रममा दुवै जना मृत अवस्थामा फेला परेका थिए ।

    images
    images
    images

    मृतक दुवैजना एउटै परिवारको हुन् । मृतकमध्ये सरस्वती फुपू र इशरा भदै हुन् । परिवारका सदस्यहरूले दुवै जनाको हत्या भएको भन्दै छानबिनको माग गरिरहेका छन् ।

    घटना  भएको दिन देखि प्रहरीलाई खबर गरि अनुसन्धान भए पनि आज सम्म कुनै खबर  आएको थिएन । उक्त घटनाको अनुसन्धानमा तेही गाउँका दुई युवालाई घटना बारे अनुसन्धान गर्न प्रहरी चौकीमा उपलब्ध गराएको हो । 

    प्रकाशित मिति :माघ १४, २०८१ सोमवार - ११:४९:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको