Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अन्जनको २ गोल, एनआरटी सभापति कप फुटबलको सेमिफाइनलमा

अन्जनको २ गोल, एनआरटी सभापति कप फुटबलको सेमिफाइनलमा

जोईन खबर

१४, माघ २०८१
  • 529
    SHARES
  • अन्जनको २ गोल, एनआरटी सभापति कप फुटबलको सेमिफाइनलमा

    १४ माघ काठमाडौं । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद संंघ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको सभापति कप फुटबलमा न्यू रोड टिम एनआरटी सेमिफाइनलमा प्रवेश गरेको  छ।

    images

    कप्तान अन्जन विष्टको उत्कृष्ट २ गोलको मद्दतले  एनआरटी  सभापति सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएको हो।दशरथ रंगशालामा आइतबार सम्पन्न चौथो क्वाटरफाइनलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई ३-१ ले पराजित गर्‍यो। एनआरटीका लागि कप्तान अन्जनले २ गोल र रिचार्ड विल्सनले १ गोल गरे।

    images
    images
    images

    फ्रेन्ड्सका लागि विवेक पौडेलले सान्त्वना गोल फर्काए।पहिलो हाफमा कप्तान अन्जनले २ गोल गरेपछि एनआरटी बलियो स्थितिमा पुगेको थियो। खेलको २३औं मिनेटमा एन्जल महर्जनको पासलाई अन्जनले पेनाल्टी क्षेत्रभित्रबाट फिनिश गर्दै टिमलाई अग्रता दिलाए।त्यसको पाँच मिनेटपछि अन्जनले व्यक्तिगत दोस्रो गोल गरे। कृतिश रत्न छुन्जुको क्रसलाई अन्जनले फार पोस्टमा हेडरमार्फत गोलमा परिणत गरे।

    दोस्रो हाफको सुरुवातमै रिचार्ड विल्सनले एनआरटीलाई ३—० को अवस्थामा पुर्‍याए। उनले पेनाल्टी क्षेत्रभित्रबाट फार पोस्टमा सुन्दर फिनिश गरे।६५औं मिनेटमा रिचार्डको क्रसमा हेनरी पोकुले गरेको हेडरलाई फ्रेन्ड्सका गोलरक्षक अभिषेक बरालले उत्कृष्ट बचाउ गरे। त्यसपछि अभिषेकले एन्जल र रिचार्डका लगातार प्रहारहरूलाई पनि विफल बनाए।

    ८१ औं मिनेटमा फ्रेन्ड्सका कप्तान विवेक पौडेलले गोल गर्दै टिमलाई खेलमा फर्काउने संकेत देखाए। उनले पेनाल्टी क्षेत्रभित्र दुई डिफेन्डरलाई छलाउँदै बायाँ खुट्टाले सुन्दर फिनिश गरे।प्रतियोगिता अन्तर्गत सोमबार पहिलो सेमिफाइनलमा संकटा क्लब र मच्छिन्द्र फुटबल क्लबबीच साँझ ५स्३० बजे खेल हुनेछ। दोस्रो सेमिफाइनल मंगलबार आयोजक बागमती लोकतान्त्रिक र एनआरटीबीच हुनेछ। फाइनल खेल बिहीबार हुनेछ।

     

    प्रकाशित मिति :माघ १४, २०८१ सोमवार - १३:१९:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको