१४ माघ काठमाडौँ । नेकपा माओवादी केन्द्रको निकट बिधार्थी संगठन अखिल क्रान्तिकारीको शनिबार सम्पन्न विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणना पार्टी मुख्यालय पेरिसडाँडामा गर्ने सहमति भएको छ ।
मतदानस्थल बाल्मीकि क्याम्पसमै गर्ने कि पार्टी कार्यालय पेरिसडाँडामा गर्ने भन्ने विवाद चलिरहेको बेलामा पेरिसडाँडामै लगेर गणना गर्ने सहमति भएको अखिल क्रान्तिकारीका एक कार्यकर्ताले बताए ।
उनका अनुसार बाल्मीकि क्याम्पसबाट मतपेटिका पेरिसडाँडा लैजाने तयारी भइरहेको छ । यसअघि मतपत्रमा कालो मसी र रातो मसी प्रयोग भएको भन्दै विवाद भएपछि गणना रोकिएको थियो ।
उक्त मत गणना हिजो देखि स्थगित भएको थियो । पार्टी उपमहासचिव जनार्दन शर्मा पक्षका अध्यक्ष उम्मेदवार हेमन्त राई समूहले मतदानस्थलमै गणना हुनुपर्ने अडान लिएको थियो ।