Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाँकी मतगणना पार्टी कार्यालय पेरिसडाँडामा गर्न प्रस्ताव 

बाँकी मतगणना पार्टी कार्यालय पेरिसडाँडामा गर्न प्रस्ताव 

जोईन खबर

१५, माघ २०८१
  • 679
    SHARES
  • बाँकी मतगणना पार्टी कार्यालय पेरिसडाँडामा गर्न प्रस्ताव 

    १५ माघ काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट बिधार्थी संगठन अखिल क्रान्तिकारीको बाँकी मतगणना पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गर्न प्रस्ताव गरेको छ ।विश्वविद्यालय र विशेष प्रदेश समितिको मतपत्रमा निर्वाचन आयोगले तोकेको रातो मसीको सट्टा कालो मसीबाट पनि भोटिङ भएको खुलेपछि उत्पन्न विवादका कारण सोमबारदेखि नै मतगणना रोकिएको छ ।

    images

    मतगणना सुरु गर्ने सम्बन्धमा निर्वाचन आयोगले आज अध्यक्षका चारै जना उम्मेदवारहरूसँग संयुक्त छलफल गर्दै लिखित धारणा मागेको छ ।छलफलको क्रममा हेडक्वाटर पार्टी अध्यक्ष ‘प्रचण्ड’निकट मानिएका अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटा बाहेकका उम्मेदवारहरूले सबैभन्दा पहिले कालो मसी प्रयोग भएका मतपत्र रद्द हुनुपर्ने र रातो मसीलाई मात्र मान्यता दिनुपर्ने अडान दोहोर्‍याएका थिए ।

    images
    images
    images

    नयाँ कार्यसमिति चयनका लागि माघ ११ गते वालमीकि विद्यापीठमा मतदान भएको थियो । सोही दिन रातिदेखि वालमीकि विद्यापीठमै मतगणना भइरहेको छ । विशेष प्रदेश र विश्वविद्यालय प्रदेशबाहेकको मतगणना सम्पन्न हुँदासम्म सापकोटा पहिलो, राई दोस्रो, यादव तेस्रो र पौडेल चौथो स्थानमा छन् ।

    प्रकाशित मिति :माघ १५, २०८१ मंगलवार - १६:०२:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको