१६ माघ काठमाडौँ । गोरखा पालुङटार नगरपालिका खोप्लाङमा राजु तथा सन्देश स्मृति दोस्रो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । खेल पालुङटार नगरपालिका वडा न –१, लुङ्गाको खोप्लाङ फुटबल क्लवको मैदानमा सुरु भएको हो । उक्त खेल नकआउटका आधारमा खेलाइने छ , भने प्रतियोगितामा २७ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र, द्वितीय हुने टोलीले ७० हजार नगद पुरस्कारका साथै मेडल, ट्रफी र प्रमाणपत्र तथा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई विभिन्न पुरस्कार दिइनेछ ।यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट रक्षक खेलाडीले ४ हजार, उत्कृष्ट गोल रक्षकले ४ हजार र उच्च गोलकर्ता खेलाडीले ४ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
पालुङ्टार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनले प्रतियोगिताको उद्घाटन गरेका हुन् । खोप्लाङ फुटबल क्लवको आयोजनामा भएको प्रतियोगिता यही माघ १९ गतेसम्म चल्ने छ । यस प्रतियोगिताको सुरु देखि अन्तिम सम्मको खेल हेर्ने स्पोरट् गोरखा मिडियालाई लाइक कमेन्ट तथा फलोव गर्नु होला ।