Logo

बिहिवार, कार्तिक १३ गते २०८३

६७ वर्षीय  गुरुङ हराएको दुई सातापछि मृत भेटियो 

६७ वर्षीय  गुरुङ हराएको दुई सातापछि मृत भेटियो 

जोईन खबर

२०, माघ २०८१
  • 568
    SHARES
  • ६७ वर्षीय  गुरुङ हराएको दुई सातापछि  मृत  भेटियो 

    २० माघ काठमाडौँ । लमजुङको सुन्दरबजार नगरपालिका–९, सिउँडीबारका ६७ वर्षीय रामबहादुर गुरुङ हराएको दुई सातापछि मृत अवस्थामा भेटिएको छ । उनी माघ ३ गतेदेखि  सम्पर्क  बिहिन भएका थिए ।

    images

    हिजो फेला परेको शव सिउँडीबार माथिको फेदीकुना सामुदायिक वनमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । भीरबाट लडेर रुखमा अड्किरहेको अवस्थामा गुरुङको शव भेटिएको हो ।

    images
    images
    images

    स्थानीयले जङ्गलमा एउटा शव देखे पछि प्रहरीलाई खबर गरि उद्वार गरिएके हो । भोटेओडारका प्रहरी निरीक्षक चोनु गुरुङको कमान्डमा अनुसन्धान टोली खटिएर मुचुल्का उठाउनुका साथै शव निकालेको थियो ।

    दुई सातादेखि प्रहरी, आफन्त र स्थानीयले खोजविन गर्दा गुरुङ भेटिनुभएको थिएन । गुरूङको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल बेसीसहरमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :माघ २०, २०८१ आइतवार - १०:४१:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको