२० माघ काठमाडौँ । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा न २ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको छ ।
उक्त दुर्घटना भएको ट्रयाक्टर सडकबाट अन्दाजी ५०-६० मिटर तल खस्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा लु ३ त ५११२ नंको ट्रयाक्टरका सहचालक कालीगण्डकी-२ अर्बेनीका ५५ वर्षीय देवबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा गल्याङ् नगर अस्पताल स्याङ्जामा मृत्यु भएको हो । दुर्घटनापछि चालक फरार रहेको र उनको खोजी भइरहेको छ ।