२० माघ काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।
आज साताको पहिलो दिन बजारमा छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।यस दिन चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ।
अघिल्लो दिन तोलाको १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ।