Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पाँचौं टाइगर कपको फाइनल खेल आज हुदै, पहिलो फाइनल खेल महिला तर्फ हुने 

पाँचौं टाइगर कपको फाइनल खेल आज हुदै, पहिलो फाइनल खेल महिला तर्फ हुने 

जोईन खबर

२०, माघ २०८१
  • 532
    SHARES
  • पाँचौं टाइगर कपको फाइनल  खेल आज हुदै, पहिलो फाइनल खेल महिला तर्फ हुने 

    २० माघ काठमाडौँ । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइलन आज हुँदैछ ।आज हुने पहिलो फाइलन खेल महिलातर्फको हुनेछ ।

    images

    बिहान ११ बजे सुरु हुने उक्त खेलमा आयोजक टाइगर ग्रुप र सशस्त्र प्रहरी बल एपीएफ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।एपिएफले पहिलो क्वालिफायरमा आयोजक टोली र आयोजक टोलीले दोस्रो क्वालिफायरमा टिपटप न्यू डायमण्ड स्पोट्र्स क्लबलाई पराजित गर्दै फाइलन प्रवेश गरेको हो ।

    images
    images
    images

    दोस्रो फाइलन खेल पुरुषतर्फको हुनेछ । दिउँसो १ बजेबाट सुरु हुने उक्त फाइलन खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने छन् ।पुलिसले पहिलो क्वालिफायर र गण्डकीले दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा पुगेका थिए ।

    टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको उक्त प्रतियोगिको विजेताले समान ५ लाख ८५ हजार ५५५ र उपविजेताले २ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् भने विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

    प्रकाशित मिति :माघ २०, २०८१ आइतवार - ११:४६:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको