२० माघ काठमाडौँ । महिला टी २०आई श्रृंखलाको खेलमा नेपालले जितको लागि १४१ रनको लक्ष्य पाएको छ । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलितको नेपालले आफ्नो तेस्रो खेलमा नेदरल्याण्ड्ससँग जितको लागि १४१ रनको लक्ष्य पाएको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको छ । नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले सर्वाधिक ४१ रन,हिथर सिगर्सले २६ रन, फेबे मोल्कनबोर र रोबिन रिकेले समान २१ रन बनाए ।
नेपालका लागि सिता राना मगरले ५ विकेट लिइन् । उनले खेलको अहिले सम्मको दोस्रो पाँच-विकेट फिगरको बलिङ गरेकी हुन् । मनिषा उपाध्यायले २ विकेट लिँदा कविता जोशी र इन्दु बर्माले १(१ विकेट लिए ।