२० माघ काठमाडौँ । राष्ट्रिय सभा बैठक चलिरहँदा सांसद ढलेका छन् । ढल्ने सांसद रक्तचापका कारण बैठकमै ढलेका हुन् । संघीय संसद् सचिवालय स्रोतका अनुसार बैठकमा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट बैठकमा ढलेका छन् ।
उनी उक्त रक्तचाप र सुगरका बिरामी हुन् । उनले आजको बैठकमा बोल्नका लागि नाम समेत टिपाएका थिए ।भट्ट अस्वस्थ भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिए ।
अहिले उनको संसद् भवनभित्रै उपचार भइरहेको छ । राष्ट्रियसभाको स्वास्थ्य कक्षमा उपचार भइरहेको छ ।