Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 ताप्लेजुङमा फेरी ‘नो केबलकार’ भन्दै आन्दोलन सुरु ,आन्दोलनकारी र प्रहरीबिच झडप गोली चल्यो

 ताप्लेजुङमा फेरी ‘नो केबलकार’ भन्दै आन्दोलन सुरु ,आन्दोलनकारी र प्रहरीबिच झडप गोली चल्यो

जोईन खबर

२०, माघ २०८१
  • 625
    SHARES
  •  ताप्लेजुङमा फेरी ‘नो केबलकार’ भन्दै आन्दोलन सुरु ,आन्दोलनकारी र प्रहरीबिच झडप गोली चल्यो

    २० माघ काठमाडौँ । ताप्लेजुङको पाथीभरा नो केबलकार भन्दै आन्दोलन सुरु भएको छ ।  आन्दोलन सुरु भए पछि  बन्दकर्ता र प्रहरीबीच झापाको दमकमा झडप  भएको हो । आज दिउँसो पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमक–६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब सय जनाले टायर बालेर सडक अवरोध  गरेका छन् ।

    images

    त्यसक्रममा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि ढुंगा हानेका थिए।ढुंगा प्रहारबाट मे १ च ५१६१ नम्बरको स्कोरपियोसहित केही सवारी साधनमा क्षति पुगेको छ। इलाका प्रहरी कार्यालय दमकले त्यसपछि केही बन्दकर्ताहरुलाई पक्राउ गरेपछि स्थिति तनावग्रस्त बन्यो  र दुवै पक्षबीच झडप भएको थियो।

    images
    images
    images

    476251842_3756885907791015_7885582384502878790_n.jpg

    झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन तीन सेल अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ।  यसअघि आजै बिहान प्रहरीले दमकबाट बन्दकर्ताहरू पदम बेघा, धनकुमार योङहाङ र शुक्र लिम्बूलाई पक्राउ गरेका थिए । यसै क्रम घटना बढदै गएको छ ।

    475775969_3756885681124371_5881511108336521433_n.jpg

    प्रकाशित मिति :माघ २०, २०८१ आइतवार - १५:३४:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको