Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फेरिल्यान्ड बास्केटबल मंगलबारदेखि

फेरिल्यान्ड बास्केटबल मंगलबारदेखि

जोईन खबर

२१, माघ २०८१
  • 679
    SHARES
  • फेरिल्यान्ड बास्केटबल मंगलबारदेखि

    २१ माघ काठमाडौँ । फेरिल्यान्ड इन्टरनेसनल स्कुलको आयोजनामा प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।प्रतियोगितामा विभिन्न २० विद्यालयका २४ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा फेरिल्यान्डका संस्थापक प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले जानकारी गराए ।

    images

    जुनियर ब्वाइज र जुनियर गल्र्समा समान १२–१२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने फेरिल्यान्डका बास्केटबल प्रशिक्षक नारायण खवासले जानकारी दिए ।सिनियरको तुलनामा जुनियरका प्रतियोगिता कम हुने भएकोले जुनियरलाई पनि अवसर दिने उद्देश्यले जुनियर प्रतियोगितामा विशेष जोड दिइएको प्रिन्सिपल अधिकारीले बताए ।

    images
    images
    images

    प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने फेरिल्यान्डका निर्देशक रामप्रसाद गौतमले बताए । प्रतियोगिताका खेलहरु बूढानीलकण्ठ १०, बालुवाखानी, कपनस्थित आयोजककै कोर्टमा खेलाइने छ ।

    प्रकाशित मिति :माघ २१, २०८१ सोमवार - १०:५९:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको