२२ माघ काठमाडौँ । उत्तरी गोरखा चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा सम्मानीत भएका छन् । उक्त स्थानको मौलिक परम्परालाई संरक्षण र जगेर्ना गर्न पालिकाबाट संस्थागत पहलकदमी गर्नु भएको भन्दै आदिवासी जनजाति आयोगले एक कार्यक्रमबिच सम्मानित गरेको हो ।
यस संस्थाले चौंथो वार्षिक उत्सवको अवसरमा अध्यक्ष लामालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो ।सभामुख देवराज घिमिरे र आयोगका अध्यक्ष रामबहादुर थापाद्वारा संयुक्त रुपमा लामालाई सम्मान गरेका हुन् ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले चुम उपत्यकामा प्रचलित श्याग्या परम्परालाई संरक्षण गर्न र प्रचार प्रसार गर्न उल्लेख्य भूमिका निर्वाह गरेको आदिवासी जनजाति आयोगले मूल्यांकन गरेको छ ।