२३ माघ काठमाडौँ ।पोखरा महानगरपालिकाले पोखराका सडक र चौताराका रुखबिरुवा मुठारेर जम्मा गरिएका काठदाउरा जफत गरेको छ । पोखरा लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा जम्मा गरेर राखिएको अवस्थामा नगर प्रहरीले बुधबार काठदाउरा जफत गरेको हो।
मानव सेवा फाउन्डेसनले पोखरामा ३ महिनाभन्दा बढी कोटिहोम चलाउने भन्दै पोखराका सडक तथा चौताराका रुख मुठारेको थियो ।तर, महानगरले भने कोटिहोम आयोजकले आफूहरुसँग अनमुति नलिएकोले कारबाही गर्ने बताउँदै आएको थियो ।
मंगलबार मिडियासँग कुरा गर्दै महानगर मेयर आचार्यले अनुमतिबेगर पोखरामा कोटिहोम चल्न नदिने बताएका थिए ।कोटिहोम पोखरामा हुँदैन । किनभने त्यति लामो समयसम्म पोखराजस्तो पर्यटकीय क्षेत्रमा धुनी बालेर।अघिल्लोचोटि पनि वातावरण प्रदूषण भएर प्लेन नै उड्न नसक्ने अवस्था हुने बताए ।