Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते, एक जनाको अवस्था गम्भीर

सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते, एक जनाको अवस्था गम्भीर

जोईन खबर

२४, माघ २०८१
  • 646
    SHARES
  • सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते, एक जनाको अवस्था गम्भीर

    २४ माघ काठमाडौँ । काठमाडौँ कमलपोखरीको सानदार मःम पसलमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुको  ११ जनालाई कीर्तिपुरको बर्न अस्पतालमा उपचारको लागि लगिएको छ ।

    images

    हिमाल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सबै घाइतेहरुलाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।विस्फोटमा घाइते भएका कूल १४ जनामध्ये ३ जना भने अस्पताल लैजानुनपर्ने खालका रहेका प्रहरीले जनाएको छ ।आज बिहान पौने नौ बजे मःम पसलको भान्साकोठामा ग्याँस सिलिन्डर पड्किएको थियो ।

    images
    images
    images

    सिलिण्डर पड्किँदा भुइँतलामा भएको मःम पसल भएको घरको सिलिङ नै खसेको छ । माथिल्लो तलाका झ्यालका सिसा पनि फुटेका छन् । विस्फोट भएलगत्तै प्रहरीका गाडी र एम्बुलेन्सहरु घटनास्थल पुगेका थिए । घटना बारे थप विवरणको अनुसन्धान भई रहेको छ । 

     

     

     

    प्रकाशित मिति :माघ २४, २०८१ बिहिवार - ११:४६:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको