Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विश्व विद्यालय खेलकुद : ८०० मि दौडमा त्रिभुवन विश्वविद्यालय प्रथम

विश्व विद्यालय खेलकुद : ८०० मि दौडमा त्रिभुवन विश्वविद्यालय प्रथम

जोईन खबर

२४, माघ २०८१
  • 616
    SHARES
  • विश्व विद्यालय खेलकुद : ८०० मि दौडमा त्रिभुवन विश्वविद्यालय प्रथम

    २४ माघ काठमाडौँ । विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोस्रो दिन भएको महिला तथा पुरुषको ८०० मिटरको दौडमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् । त्रिभुवनका विकास घिमिरे र राज्यलक्ष्मि रावल प्रथम भएका छन् । विकासले निर्धारित दुरी २ :१०ः११ मिनेटमा पार गरे भने राज्यलक्ष्मिले २ः३५ः३४ मिनेटमा दुरी पार गरेका हुन ।

    images

    यस्तै मध्यपश्चिमान्चल विश्व विद्यालयका भरत राना र हिमाली शाही दोस्रो भए । भरतले २ः१३ः९१ र शाहीले २ः५८ः६५ मिनेटमा दुरी पार गरेका थिए । यस्तै सुदुर पश्चिमान्चल विश्व विद्यालयका निपूर्ण चन्द  र गण्डकी विश्वविद्यालयकी कृति गिरी तृतीय भएका छन् ।यस्तै महिला लंङजम्प तर्फ त्रिभुवन विश्वविद्यालयकी संचिता घिमिरे प्रथम,हिमाली साही मध्यपश्चिमान्चल विश्वविद्यालय द्धितीय र त्रिभुवनकी विना थापा तृतीय भएका छन ।

    images
    images
    images

    Screenshot 2025-02-06 115238.pngयता पुरुष  २०० मिटर दौडमा सुदुरपश्चिम विश्व.विद्यालयका मुकेश विष्ट प्रथम, त्रिभुवनका प्रकाश जोशी द्धितीय र काठमाण्डौ विश्वविद्यालयका विकास कुमार शाह तृतीय भएका छन् ।महिला २०० मिटरमा त्रिभुवनका विना थारु प्रथम र आकृती चौधरी द्धितीय भए भने लुम्विनी विश्व विद्यालयकी मनिष कुँवर क्षेत्री तृतीय भईन ।

     

    प्रकाशित मिति :माघ २४, २०८१ बिहिवार - ११:५३:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको