Logo

बिहिवार, कार्तिक १३ गते २०८३

त्रिभुवन विश्वविद्यालय टिम च्याम्पियन

त्रिभुवन विश्वविद्यालय टिम च्याम्पियन

जोईन खबर

२४, माघ २०८१
  • 640
    SHARES
  • त्रिभुवन विश्वविद्यालय टिम च्याम्पियन

    २४ माघ काडमाडौँ । पोखरामा विहिवार सम्पन्न दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय टिम च्यायम्पियन बन्न सफल भएको छ । त्रिभुवनले १३स्वर्ण पदक सहित टिम च्याम्पियन बनेृको हो ।   ९ रजत तथा ४ कास्य सहित २६ पदक प्राप्त गरि दोस्रो पटक पनि च्याम्पियन बन्न सफल भएको हो ।यस्तै ३ स्वर्ण २ रजत र ३ कास्य पदक सहित सुदुरपश्चिम विश्व विद्यालय द्धितीय भएको छ भने २ स्वर्ण र ३ रजत पदक सहित मध्यपश्चिमान्चल विश्व विद्यालय तृतीय भएको छ ।

    images

    सहआयोजक गण्डकी विश्वविद्यालयले १ स्वर्ण सहित २ रजत र ५ कास्य पदक प्राप्त गरेको छ । काठमाण्डौले २ रजत र ७ कास्य हात पार्दा पोखराले १ रजत ३ कास्य पदक प्राप्त गरेको छ । पूर्वान्चाल २ कास्य, कृषि तथा वनविज्ञान २ कास्य र लुम्विनी विश्वविद्यालयले १ कास्य पदकमा चित्त बुझाएका छन् ।

    images
    images
    images

    विजेता खेलाडी तथा टिम च्याम्पियन टिमलाई गण्डकी प्रदेश सभाका सांसद प्रकाश बराल, गण्डकी विश्वविद्यालयका रजिष्टर डा कैलाश तिमल्सिना, राष्टिय खेलकुद परिषदका बोर्ड सदस्य अन्जना श्रेष्ठ, कार्यक्रम संयोजक तथा परिषद् बोर्ड सदस्य डा मधुसुदन सुवेदी, कार्यक्रमका सचिव तथा विभागीय प्रमुख मिनकुमार शर्मा लगायतले रनिङ शिल्ड, टफी मेडल तथा नगद पुरस्कार प्रदान गर्नु भयो ।चार खेल पुरुष भलिबल, महिला पुरुप एथलेटिक्स, व्याडमिन्टन र टेबलटेनिका गरि १९ स्वर्ण पदका लागि प्रतिष्पर्दा भएको थियो ।

     

     

    प्रकाशित मिति :माघ २४, २०८१ बिहिवार - २०:२६:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको