२७ माघ काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । यस दिन चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँ घटेको छ । शुक्रबारको बजारमा चाँदी एक हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।