२७ माघ नकाठमाडौँ । दाङमा सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोको टोलीले उक्त युवालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा प्रहरीले दाङ लमही नगरपालिका-५ घर भएका २१ वर्षीय रवि सिंह रसैलीलाई पक्राउ गरेको हो ।रसैलीले पीडितसँग सम्बन्धमा रहँदा सहमति बिना खिची राखेको अश्लील भिडियो तथा तस्बिरहरू पीडितको आफन्तहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा उसलाई पक्राउ गरिएको हो ।
पक्राउ गरेका ती युवालाई विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट ४ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।