२७ माघ काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा न –२ आलापोटमा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटना आलापोटस्थित सडकमा बागमती प्रदेश ०२–०३७ प ०९०३ नम्बरको मोटरसाइकल र बा ७१ प १४७१ नम्बरको मोटरसाइक्ल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटना हिजो शनिबार राति बागमती प्रदेश ०२–०३७ प ०९०३ नम्बरको मोटरसाइकलका चालक उदयपुरको चौदण्डीगढी नगरपालिका घर भएका २१ वर्षीय राजन कटुवालको मृत्यु भएको हो ।
दुर्घटनमा गम्भीर घाइते उनी नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बा ७१ प १४७१ नम्बरको मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । घटना बारे थप विवरण आउन बाकी छ ।