Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन

शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन

जोईन खबर

२७, माघ २०८१
  • 667
    SHARES
  • शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन

    २७ माघ काठमाडौं । चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलाडी खेलकुदमा नेपाली खेलाडीले शनिबार सन्तोषजनक प्रदर्शन गरेका छन् । प्रतियोगितामा नेपालका तर्फबाट कुल चार खेलाडीको सहभागिता रहेको थियो । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये  २९ औं स्थानमा आएका छन् ।उनले दुवै रन एक मिनेट ५८.८६ सेकेन्डमा पूरा गरे । त्यसमा कुल  ५८ खेलाडीले प्रतिस्पर्धा गरे ।

    images

    रन–टुमा दुई खेलाडीले प्रतिस्पर्धा नै पूरा गर्न सकेनन् भने थप चार खेलाडी छनोट भएनन् । यस्तै रन–वान ११ खेलाडीले पूरा गर्न सकेनन् । त्यसमा नेपाली खेलाडी चोवाङ मिङग्युर तामाङ पनि रहे ।यस्तै रन–वानमा अन्य दुई खेलाडी छनोट हुन सकेनन् । महिलातर्फ सहभागी दुवै खेलाडीले स्पर्धा पूरा गरेका छन् । त्यसमध्ये देबोरा तिमल्सिना ३४ र लक्ष्मी राई ३५ औं स्थानमा रहिन । देबोराले दुवै रन तीन मिनेट ७।०६ सेकेन्डमा पूरा गरिन् ।

    images
    images
    images

    13p.jpg

    यस्तै लक्ष्मीले तीन मिनेट २२।१३ सेकेन्डको समय निकालिन् ।स्पर्धा पूरा गर्ने कुल खेलाडी पनि ३५ नै रहेको थियो । उनीहरूको पछाडि रन–टु पूरा नगर्ने तीन र रन–टुमा छनोट हुन नसक्ने तीन खेलाडी रहे । रन–वानमा भने दुई खेलाडीले स्पर्धा पूरा गर्न सकेनन् भने दुई खेलाडी छनोट नै हुन सकेनन् ।यसबीच नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको पुरुष अल्पाइन स्किङ स्लालम र महिला पाँच किलोमिटर क्रस कन्ट्रीका विजयी खेलाडीले पदक पनि वितरण गरे । श्रेष्ठ ओलम्पिक काउन्सिल अफ एसिया ९ओसीए० को ओसीए स्पोर्टस एन्ड इन्भारोमेन्ट कमिसनका अध्यक्ष समेत हुन् ।

    14p.jpg 

     

    प्रकाशित मिति :माघ २७, २०८१ आइतवार - २२:२२:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको