२७ माघ काठमाडौँ ।राष्ट्रिय खेलकुद परिषद् राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा उत्श्रृखल गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । यही माघ २५ गते केही अराजक समूहले राखेपका सदस्य सचिवको कार्यकक्षमा गरेको अभद्र व्यवहारका बिषयमा बोल्दै मन्त्री चौधरीले जो कोही भए पनि कानूनी कारवाही गराई छाड्ने प्रतिवद्धता जनाउनु भएको छ ।
उक्त घटनाका विषयमा जानकारी लिन परिषद् पुग्नु भएका मन्त्री चौधरीले खेलकुद अनुशासनको पर्याय हो भन्दै चित्त नबुझेका विषयमा छलफल गर्न सकिने तर बोर्डले गरेका निर्णय कार्यान्वयन गर्ने र गराउन आफु पछि नहट्ने समेत बताउनु भएको छ ।सोह अवसरमा मन्त्री चौधरीसंगै राखेपका उपाध्यक्ष धु्रव आचार्यको पनि उपस्थिति थियो ।
आचार्यले गलत क्रियाकलाप गर्नेहरुलाई नियमानुसार कारवाही हुनु पर्ने बताउनुभयो ।त्यस अवसरमा परिषद्का विभिन्न विभागीय प्रमुखहरुका तर्फबाट उत्श्रृखल क्रियाालाप गर्ने व्यक्तीलाई कारवाही गराउन आवश्यक पहल लिइदिन मन्त्री चौधरीलाई ज्ञापन पत्र समेत बुझाइएको थियो ।