Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक सुलिकोट गाउँपालिकाको पाँच वटा स्वास्थ्य चौकीमा  निःशुल्क महिलाहरुको पाठेघर  परीक्षण तथा उपचार शिविर सञ्चालन हुने

बारपाक सुलिकोट गाउँपालिकाको पाँच वटा स्वास्थ्य चौकीमा  निःशुल्क महिलाहरुको पाठेघर  परीक्षण तथा उपचार शिविर सञ्चालन हुने

जोईन खबर

२८, माघ २०८१
  • 763
    SHARES
  • बारपाक सुलिकोट गाउँपालिकाको पाँच वटा स्वास्थ्य चौकीमा  निःशुल्क महिलाहरुको पाठेघर  परीक्षण तथा उपचार शिविर सञ्चालन हुने

    २८ माघ काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको ८ वटै वडा मा नि : शुल्का महिलाको पाठेघर सम्बन्धी परीक्षण  शिविर सञ्चालन हुने भएको छ । यस शिविर गाउँपालिकाको आयोजना र नेपाल अस्ट्रेलियन सर्भाईकल क्यान्सर फाउण्डेशन तथा नेपाल क्यान्सर रिलिभ सोसाईटी काभ्रे शाखाको सहयोगमा शिविर हुन लागेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताउनु भयो ।

    images

    गाउँपालिकाले एक सूचना प्रकाशन गरि उक्त शिविर यही फागुन १९ गतेदेखि  गाउँपालिका भित्रका विभिन्न वडा सञ्चालन हुने लागेको हो ।

    images
    images
    images

    उक्त सञ्चालन हुन लागेको शिविर पाँच दिनसम्म चल्ने छ । यस शिविर फागुन १९ गते बारपाक वडा नम्बर १ र २ को स्वास्थ्य चौकी बारपाकमा,फागुन २० गते वडा नम्बर ४ को सौरपानी स्वास्थ्य चौकीमा,फागुन २१ गते वडा नम्बर ३ स्वाँरा स्वास्थ्य चौकी, फागुन २२ गते वडा नम्बर ५ को ताकुमाझलाकुरीबोट स्वास्थ्य चौकी र  फागुन २३ गते वडा नम्बर ८ पाँचखुवा देउरालीको स्वास्थ्य चौकीमा महिलाहरुको पाठेघरको परीक्षण सम्बन्धी शिविर सञ्चालन हुन लागेको गाउँपालिकाले जनाउको छ ।

    अहिले हुन लागेको महिला सम्बन्धी शिविरमा करिब ३० वर्षदेखि ४९ वर्ष  उमेर समूहका महिलाहरुको परिक्षण गरिने भएको छ ।  गाउँपालिकाले यस सम्बन्धी चेकजाच गर्ने सबै वडाका जनप्रतिनिधिहरुलाई आफनो वडा भित्र  रहेका महिलाहरुलाई सहभागि गराई आफनो स्वास्थ्य परिक्षण गर्ने समेत अनुरोध गरेका छन् । 

    प्रकाशित मिति :माघ २८, २०८१ सोमवार - ०९:३४:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको