Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 पार्टीले भूगोलको जिम्मेवारी दिइए पछि मल्लले अध्यक्ष ‘प्रचण्ड’को स्वकीय सचिव छाडेए 

 पार्टीले भूगोलको जिम्मेवारी दिइए पछि मल्लले अध्यक्ष ‘प्रचण्ड’को स्वकीय सचिव छाडेए 

जोईन खबर

२८, माघ २०८१
  • 691
    SHARES
  •  पार्टीले भूगोलको जिम्मेवारी दिइए पछि मल्लले अध्यक्ष ‘प्रचण्ड’को स्वकीय सचिव छाडेए 

    २८ माघ काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिव  रहेका रमेश मल्लले  स्वकीय सचिव छाडेका छन्। लामो समय सम्मा  स्वकीय सचिवको जिम्मेवारी बसी काम गरेका उनलाई भूगोलको जिम्मेवारीमा लगिएको हो। स्वकीय सचिव भएका मल्ल २०७८ कात्तिकदेखि प्रचण्डको स्वकीय रहेर काम गरेका थिए। उनलाई भूगोलको जिम्मेवारी दिइएको माओवादी नेताहरूले बताएका छन्।

    images

    मल्लले हिजो मात्र  सामाजिक सन्जालमार्फल प्रचण्डको स्वकीय सचिवको जिम्मेवारीबाट बाहिरिएको जानकारी दिएका हुन्। उनले लेखेका छन् ‘अध्यक्ष प्रचण्डको स्वकीय सचिवको रूपमा तीन वर्ष तीन महिना पूरा गरी पार्टी केन्द्रीय कार्यालयको निर्णयअनुसार सचिवालयको यात्राविराम गरेको छु।’मल्लले खुमलटारदेखि बालुवाटार र बालुवाटारदेखि खुमलटारसम्म सचिवालयको निकट टिममा रहेर सहकार्यको अवसर प्रदान गर्ने सचिवालय टिमका गंगा दाहाल, सन्तकुमार दरै लगायत सिंगो टिमप्रति हार्दिक आभार समेत व्यक्त गरेका छन्।

    images
    images
    images

    उनको ठाउँमा गोविन्द आचार्यलाई जिम्मेवारी दिइएको छ।नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका आचार्य यसअघि प्रचण्डको दोस्रो कार्यकालमा प्रेस सल्लाहकार बनेका थिए। माओवादीले नयाँ जिम्मेवारी भन्दै धेरै नेताहरूको विभागीय जिम्मेवारी हेरफेर गरेको छ।

    यस्तो छ मल्लको स्टाटस् :

    rm.pngrm1.pngrm2.png

    प्रकाशित मिति :माघ २८, २०८१ सोमवार - १०:२८:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको