२८ माघ काठमाडौँ । नेकपा माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्ष र महासचिवलाई राजनैतिक काम तथा विभागहरूको जिम्मेवारी दिने निर्णय गरेको छ ।
उपमहासचिव, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई प्रदेश तथा जिल्ला इन्चार्ज बनाएको छ।अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देव गुरुङद्वारा हस्ताक्षर गरी तल पठाइको सर्कुलरमा जिम्मेवारीको मापदण्ड तय गरिएको जनाइएको छ।
पार्टीका केन्द्रीय विभाग, केन्द्रीय जनवर्गीय संगठन तथा मोर्चाहरुको कार्य विभाजनमा समूहगत र क्षेत्रगत आधार तयार गरिएको छ।
जसअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र महासचिवसम्मका पदाधिकारीहरुलाई राजनैतिक, वैचारिक कामका साथै नीति निर्माणसम्बन्धीविभाग र मोर्चाहरुका जिम्मेवारीमा केन्द्रित गरिएको छ। जनप्रतिनिधि रहेका केही पदाधिकारीहरुलाई मूलतः नीति निर्माण सम्बन्धी विभागहरुमा केन्द्रित गरिएको छ।















